मितिः २०८१-१०-१३
छात्रवृत्ति आवेदन फाराम सम्बन्धी सूचना
यस क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई देहाय बमोजिमको आधार (शीर्षक) मा प्रदान गरिने छात्रवृत्तिका लागि आवेदन दिन इच्छुक विद्यार्थीहरूले यही २०८१ माघ ३० गतेभित्र आवेदन फाराम भरेर प्रशासन शाखामा बुझाउन सूचित गरिन्छ ।
छात्रवृत्तिका शीर्षकहरू
१. आर्थिक रूपमा कमजोर
२. पहिलो र दोस्रो त्रैमासिक परीक्षाको उत्तीर्ण प्रतिशत
३. दुर्गम क्षेत्र
४. जनजाति, मुस्लिम, मधेसी
५. दलित
६. शारीरिक रूपमा अशक्त
७. प्रा. कृतिक दैविक प्रकोपबाट पीडित
८. सहिद परिवार
९. राष्ट्रिय स्तरका खेलाडी तथा कलाकार
आवश्यक कागजातहरू
१. आर्थिक रूपमा कमजोर विद्यार्थीहरूले वडा कार्यालय वा सम्बन्धित निकायले प्रदान गरेको सिफारिस पत्र
२. प्राकृतिक प्रकोपबाट पीडित विद्यार्थीहरूले वडा कार्यालय वा सम्बन्धित निकायले प्रदान गरेको सिफारिस पत्र
३. राष्ट्रिय स्तरका खेलाडी तथा कलाकारहरूले सो पुष्टि गर्ने प्रमाण
४. सहिद परिवारका विद्यार्थीहरूले सो पुष्टि गर्ने प्रमाण
अन्तर्वार्ता हुने मिति र समय
मितिः २०८१ फागुन ८ र ९ गते
समयः बिहान ८.३० बजे
नोटः १. छात्रवृत्तिका लागि फाराम क्याम्पसको प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ ।
२. आवेदन नदिएका विद्यार्थीहरूलाई अन्तर्वार्तामा सहभागी गराइने छैन ।
३. अन्तर्वार्तामा उपस्थित हुँदा आफ्नो परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ ।
४. अन्तर्वार्तामा उपस्थित नहुने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिने छैन ।
……………………………………
डा. मीरा प्रधान
संयोजक
छात्रवृत्ति वितरण समिति