परीक्षार्थीहरुले ध्यान दिनुपर्ने कुराहरु

  1. १. परीक्षा केन्द्रले बनाएको सीट प्लान अनुसार नै परीक्षार्थीले तोकिएको सीटमा रही परीक्षामा सम्मिलित हुनुपर्नेछ।
  2. २. आधा घण्टाभन्दा बढी ढिलो गरी आउने परीक्षार्थीलाई परीक्षा भवनमा प्रवेश गर्न दिईनेछैन।
  3. ३. परीक्षार्थीले परीक्षाहलमा मोबाइल फोन ल्याउन पाइने छैन।
  4. ४. परीक्षार्थीले केन्द्राध्यक्षको अनुमतिविना आफ्नो सिट र परीक्षा भवन परीक्षा प्रारम्भ भएको एक घण्टाभन्दा अगाडि छाड्न पाउनेछैन।
  5. ५. परीक्षार्थीले परीक्षा दिएको दिनमा हाजिर अनिवार्यरुपले गर्नु पर्नेछ।
  6. ६. परीक्षार्थीले परीक्षा भवनमा कुनै किसिमको पुस्तक, नोट, चिट इत्यादी लानु हुँदैन। निषेध गरिएको वस्तु वा अनुचित व्यवहार पाइएमा निष्कासन गरिन सकिनेछ।
  7. ७. परीक्षा दिंदा परीक्षार्थीहरुले आपसमा कुराकानी गर्नुहुँदैन र प्रश्नपत्र तथा ब्लटिङ्ग पेपरमा केही लेख्नुहुँदैन।
  8. ८. एउटा परीक्षार्थीले अर्को परीक्षार्थीको उत्तरपुस्तिका नक्कल गरेमा त्यस्तो परीक्षार्थी निष्कासित हुन सक्नेछ।
  9. ९. परीक्षार्थीले उत्तरपुस्तिका बुझाइसकेपछि फेरि परीक्षा भवनमा पस्न अनुमति दिइनेछैन।
  10. १o. परीक्षार्थीले परीक्षा भवन छाड्नुअघि उत्तरपुस्तिका सम्बन्धित निरीक्षकलाई बुझाउनु पर्नेछ।