images
images

1st International Conference 2025 Successfully Complete पहिलो अन्तर्राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न

  • Jan 23, 2025

जनमैत्री बहुमुखी क्याम्पसले पहिलोपटक आयाेजना गरेको ‘इन्टरनेसनल कनफेरेन्स’ काठमाडौँमा सम्पन्न भएको छ । काठमाडौँ गौशाला स्थित पौवा होटलमा मिति २०८१ माघ ५ गतेबाट सुरु भएको कनफेरेन्स ६ गते सम्पन्न भएको हो । कनफेरेन्समा देशभरका क्याम्पसका साथै भारत, बंगलादेश, कोरिया, अमेरिका र युकेसहितका विशेषज्ञहरू समेत गरि १३७ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रम अवधिभर ३८ ओटा अनुसन्धान पत्र प्रस्तुत भएका थिए भने ४ ओटा प्लेनरी शत्र चलेका थिए। जसमा ८ ओटा ‘कि नोट स्पिकर’ रहेका थिए । कार्यक्रममा अनुसन्धानकर्ता फ्याकेल्टी सदस्यहरू, पिएचडी विद्यार्थीहरू र अनुसन्धानमा चासो राख्ने व्यक्तित्वहरूको कार्यक्रममा उत्साहजनक सहभागिता रहेको थियो । कनफेरेन्सको मुख्य उद्देश्य उच्च शिक्षा क्षेत्रका समस्याहरूको समाधान र गुणस्तर सुधार गर्ने तरिका खोज्नु रहेको  थियो ।