blogmagz.com BOKEP INDONESIA OLE777 LOGIN
JMC | Best College in Kathmandu, Janamaitri Multiple Campus |

वक्तृत्वकला प्रतियोगितासम्बन्धी सूचना

  • Jan 29, 2024

वक्तृत्वकला प्रतियोगिता

जनमैत्री बहुमुखी क्याम्पसद्वारा निम्न मिति, स्थान र समयमा क्याम्पस स्तरीय
वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएकाले कक्षा एघारदेखि स्नातकोत्तर तहसम्मका इच्छुक विद्यार्थीहरूलाई सहभागी हुन सूचित गरिन्छः
मितिः २०८० माघ १९ गते शुक्रबार
                स्थानः क्याम्पसको सभा हल
                समयः बिहान ७ः४५ बजे 
शीर्षकः नेपालमा सहिदको पहिचान  ः सपना र यथार्थ
नियमहरूः   

  1. कुनै सामग्री हेरेर बोल्न पाइने छैन ।
  2. विषयमा केन्दित, खोजमूलक र तथ्यगत अभिव्यक्ति हुनुपर्ने छ ।
  3. शिष्ट र मर्यादित भाषाशैलीमा वक्तृता दिनुपर्ने छ ।
  4. प्रत्येक प्रतियोगीलाई जम्मा पाँच मिनेट समय दिइने छ । 
  5. निर्णायक मण्डलको निर्णय नै अन्तिम हुने छ ।
  6. प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने प्रतियोगीलाई उचित पुरस्कार प्रदान गरिने छ । 

द्रष्टव्यः वक्तृत्वकला प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीहरूले स्वयम् वा शिक्षकमार्फत् आफ्नो नाम, कक्षा / तह/ वर्ष/ सेक्सन र फोन नम्बरसमेत लिखित रूपमा नेपाली तथा आमसञ्चार विभागमा माघ १८ गतेसम्ममा दर्ता गराउनुहुन जानकारी गराइन्छ ।

                                       
संयोजक
अतिरिक्त क्रियाकलाप समिति